काठमाडौं, १८ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एकीकरण प्रक्रिया चाँडै टुंगिने बताएका छन् ।
आज बालुवाटारमा नेकपाका सांसदहरुसँग भएको छलफलमा उनले एकता प्रक्रिया नटुंगिदा अन्यौल भए पनि अब छिट्टै टुंगोमा पुग्ने बताएका हुन ।
प्रधानमन्त्री ओलीले भने, ‘पार्टीको एकता प्रक्रिया टुंगोमा नपुग्दा केही अन्यौल भएको छ तर अब चाँडै यो प्रक्रियाले अन्तिम रुप लिन्छ’ ‘त्यसपछि पार्टीको नीति निर्देशन, स्थानीय तहमा पुग्छन् । त्यसपछि स्थानीय तहहरुलाई निर्देशित गर्न पनि सजिलो हुन्छ ।’
प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई साँसदसँग घनिष्ट सम्बन्ध राख्न आग्रह गर्दै संसदहरुलाई विभिन्न बिषयमा प्रशिक्षित गरिने पनि बताए ।
साथै प्रधानमन्त्री ओलीले सांसदहरुलाई कुनै पनि विषय राम्रोसँग अध्ययन गरेर मात्र संसदमा प्रस्तुत हुन आग्रह समेत गरे ।










प्रतिक्रिया दिनुहोस्