काठमाडौँ, १९ माघ । काव्य स्कूल नयाँबानेश्वरले आयोजना गरेको अन्तर सदन नृत्य प्रतियोगितामा १२ प्रतियोगिमध्ये ७ जना छात्राले उत्कृष्ट नर्तकीको उपाधि जित्न सफल भएका छन् ।
१२ पदकमध्ये वनकुसुम सदनले ६ वटा पुरस्कार जितेर पहिलो भयो भने शाकुन्तल, सुलोचना र प्रमिथस सदनले २/२ वटा पदक जिते ।
कक्षा १ देखि ९ सम्मका ३६ प्रतियोगि सहभागी भएको अन्तिम प्रतियोगिताको १ देखि ३ कक्षासम्मको समूहमा सौम्या अधिकारी पहिलो, निक्सन मैनाली दोस्रो र प्रेसा अर्याल तेस्रो भए भने विनम्र सापकोटाले सान्त्वना पुरस्कार जिते ।
यसैगरि ४ देखि ६ कक्षासम्मको अर्काे समूहमा स्मारिका ढुंगेल पहिलो, आकृति काफ्ले दोस्रो, शुभम राजभण्डारी तेस्रो भए, उर्वी श्रेष्ठले सान्त्वना पुरस्कार जितिन । यसैगरि ७ देखि ९ कक्षासम्मको समूहमा लोसिना शाक्य पहिलो, सुमन गुरुंग दोस्रो र सृष्टि लामिछाने तेस्रो र कोशिश घलेले सान्त्वना पुरस्कार जिते ।
यसैगरि उत्कृष्ट श्रृंगारतर्फ दिलासा खरेल, उत्कृष्ट भावतर्फ दिप्सा घिमीरे, उत्कृष्ट पोशाकतर्फ सुनिका घर्ती, उत्कृष्ट स्टाइलतर्फ सुप्रिया थापामगर र उत्कृष्ट हेयर डिजाइनतर्फ नितिन मुकेश श्रेष्ठले पुरस्कार जिते ।
नृत्य निर्देशकद्वय भावना कार्की र जमुना महर्जन निर्णायक रहेको सो प्रतियोगिताका विजयी नर्तक, नर्तकीलाई काव्य स्कुलका संस्थापक प्रिन्सिपल नवराज बास्कोटा, सेकेण्डरी इन्चार्ज चक्र दवाडी, प्राइमरी इन्चार्ज सन्ध्या रिजाल लगायतले पुरस्कार वितरण गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्