काठमाडौं, १९ माघ । त्रिवि शिक्षण अस्पतालका प्राध्यापक डा.गोविन्द केसीविरुद्ध उत्रिएका विजय थापाले अनसन तोडेका छन् ।
थापालाई अस्पतालमा ३ वर्षीया अकिया नगरकोटी र ५५ वर्षीय बेचेन यादवबाट जुस पिएर अनशन तोडेको हो । चिकित्सा शिक्षा विधयेक हुबहु पारित हुनु पर्ने माग राखेर अनशन बसेका थापाले २३ दिनपछि शनिबार बिहान अनशन तोडेका छन ।
थापाले डा.गोविन्द केसी र सरकारवीच भएको सम्झौता खारेज हुनुपर्ने माग पनि राखेका थिए । डा. केसीले शुक्रबार पूर्वप्रधानन्यायाधीश सुशीला कार्की र पूर्वसभामुख दमननाथ ढुंगानाको हातबाट जुस पिएर अनशन तोडेका छन ।










प्रतिक्रिया दिनुहोस्