काठमाडौँ, २१ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले तेस्रो तथा अन्तिम खेलमा यूएईलाई १४ रनले हराउँदै नेपालले ऐतिहासिक टी-२० सिरिज जित्न सफल भएकामा नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बधाई दिएका छन् ।
प्रधानमन्त्री ओलीले सामाजिक संजाल ट्विीटरमार्फत शुभकामना तथा बधाई दिँदै तेस्रो टि–२० खेलमा नेपालले युएईसँग १४ रनले विजय हासिल गरेको थाहा पाउँदा अत्यन्तै खुशी लागेको उल्लेख गरेका छन् ।
प्रधानमन्त्री ओलीले सामाजिक संजाल ट्विीटरमा लेखेका छन्, ‘नेपाली क्रिकेटका लागि यो अर्को ठूलो सफलता हो, नेपाली क्रिकेट टिमका सम्पूर्ण सदस्यलाई हार्दिक बधाई दिन चाहन्छु ।’










प्रतिक्रिया दिनुहोस्