पोखरा, २३ माघ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले वाईड बडी जहाज खरिद प्रकृयाको दोषी जो कोही भए पनि कारवाही हुने बताएका छन ।
नेपाल पर्वतरोहण सङ्घद्वारा यहाँ सञ्चालित अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयको १६ औँ वार्षिकोत्सवको मंगलबार उद्घाटन गर्दै उनले समय सापेक्षरुपमा पर्यटकले सुलभ प्रकृतिका सेवा उपयोग गर्ने हुँदा हवाई सेवालाई सहज बनाउनुपर्ने भन्दैदै वाईड बडी जहाज खरिद प्रकृयाको दोषी जो कोही भए पनि कारवाही हुने समेत बताएका छन ।
मन्त्री अधिकारीले हवाई सेवा सञ्चालन प्रभावकारी बनाउन सरकारले योजना अगाडि सारेको भन्दै धनगढी, भैरहवा, नेपालगञ्ज, सिमरा, विराटनगर लगायतका विमानस्थलमा रात्रि हवाई सेवा सञ्चालन गर्नुका साथै निकट भविष्यमा जनकपुरमा सेवा विस्तार गरिने तयारी भई रहेको जानकारी दिए ।
नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन नेपाल पर्वतारोहण सङ्घको महत्वपूर्ण भूमिका रहेको बाताउर्दै उनले त्यसका लागि हिमाल आरोहण गर्ने विश्वका आरोहीलाई आमन्त्रण गर्नुपर्नेमा जोड दिए ।










प्रतिक्रिया दिनुहोस्