राजनीति

कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्दै



काठमाडौं, २३ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा सरकारविरुद्धका थप विरोधका कार्यक्रमबारे निर्णय लिन बुधबार दिउँसो १ बजे बैठक बस्न लागेको हो ।

साथै  बैठकमा महासमिति बैठकले पारित गरेको पार्टीको विधान, नेपाल विद्यार्थी संघ केन्द्रीय कार्यसमिति र समसामयिक राजनीतिक विषयमा समेत छलफल हुने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बताएका छन ।