भक्तपुर, २४ माघ । भक्तपुर नगरपालिका भित्र रहेको प्रजापति समुदायले पुर्खौदेखि पोटरी स्क्वायरमा तयार पारिने माटोको भाडाहरुको माध्यमद्धारा आफ्नो संस्कृतिलाई बचाई राखेका छन् ।
त्यस्तै २० वर्ष सम्म एथलेटिक्समा आफ्नो भविष्य खोजि रहेका विनोद कुमार प्रजापति आफ्नो भविष्य नदेखेपछि अन्तत आफ्नै पुर्खौली पेशा अगाली रहेका छन् ।
२०५२ सालबाट एथलेटिक्समा पाइला टेकेका प्रजापतिले लामो समय सम्म विभिन्न खेल खेल्दै धेरै सम्मान र स्वर्ण पदक प्राप्त गर्दै कोचको लाइसेन्स समेत हात पारिसकेका प्रजापति राष्ट्रिय स्तरको कोचको भूमिका समेत निभाएका व्यक्ति हुन् । विभिन्न राष्ट्रिय र क्षेत्रिय खेलकुदमा सहभागी भएर आफ्नो पहिचान बनाउदै आफ्नो सपना त पुरा गरे तर आफ्नो परिवारको सपना भने पुरा गर्न सकेनन् ।
परिवारको आवश्यकता एथलेटिक्सबाट पुरा नहुने भएपछि प्रजापतिले आफ्नै माटोका भाडा बनाउने पुर्खौली पेशा अगाले । अहिले उनको परिवारमा उनकी श्रीमती एक छोरा र एक छोरी यस पेशाबाट खुशी भएको उनी बताउँछन् । आफुले जति धेरै उत्पादन गर्न सक्यो त्यति नै आम्दानी गर्न सकिने कुरा उनी बताउँछन् ।
लामो समय खेलकुदमा जीवन बितायता पनि खेलकुदमा नाम मात्र कमाउन सकिने रहेछ पैसा भने कमाउन धेरै गाह्रो रहेछ बताउदै बाध्य भएर पुर्खैउली पेशा अगाल्नु परेको बताउनुभयो । नेपाली समुदायको जन्म, मृत्यु, घर सजाउने देखि दैनिक जिवनको विभिन्न कार्यमा प्रयोग हुने धेरै सामाग्री प्रजापति समुदायले माटोबाट बनाउने गरेका छन् ।
अहिले माटोको भाडा बनाउनका लागि कालो माटो, रङ्गाउन चाहिने रातो माटो, भाडाँलाई पोल्न चाहिने छ्वाली र काठको धुलो र आवश्यक कच्चा पदार्थ नहुदाँ समेत समस्या भएको प्रजापति बताउँछन् ।
सरकारले आवश्यक कच्चा पदार्थ तथा नेपाली कच्चा पदार्थबाट संचालन हुने साना उद्योगलाई संरक्षण गर्न राज्यले पहल गर्नु पर्ने उनी बताउँछन् । सजिलै सगँ कच्चा पदार्थको आपुर्ति नहुँदा प्रजापति समुदायको पुर्खौ देखिको पेशा नै संकटमा परेको बताउँछन् ।










प्रतिक्रिया दिनुहोस्