सिन्धुलीको फिकल गाउँपालिका-२, चण्डी भञ्ज्याङमा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।
बा१५ च ९४२२ नम्बरको जीप सडकबाट करिब दुई सय मिटर तल खस्दा उनीहरुको घटनास्थलमै मृत्यु भएको थियो । प्रहरीका अनुसार ज्यान गुमाउनेहरुमा फिक्कल गाँउपालिका वडा नं. २ निवासी ५५ वर्षीया तीलमाया विक, ६५ वर्षीय कुनमान तामाङ, ४० वर्षीया लक्ष्मी विक, २५ वर्षीया अनिता महत र वडा नं. ३ निवासी ३५ वर्षीया शान्तिमाया श्रेष्ठ रहेका छन् ।
दुर्घटनाका गम्भीर घाइतेहरु चालक मानबहादुर सुनुवार, गंगामाया विक र दिपक श्रेष्ठलाई उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ ।अन्य चार जना यात्रु भने सामान्य घाइते रहेका प्रहरी उपरीक्षक लोकदर्शन थापाले जानकारी दिनुभयो ।










प्रतिक्रिया दिनुहोस्