राजनीति

सरकारको राम्रो काम देखेर कोही आत्तीनु पर्दैन, विकासको फल अब गाउँ गाउँमा : अध्यक्ष प्रचण्ड



चितवन, २४ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारको राम्रो काम देखिेर कोही आत्ती नुपर्ने भनदै सरकारले विकासको फल अब गाउँ गाउँमा पुर्याउने बताउनुभयो ।

प्रेस चौतारी नेपाल र प्रेस सेन्टर चितवनले आज संयुक्त रुपमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले सरकारको राम्रो कामको प्रतिफल अव छिटै पप्त हुनेर जनताले विकासको अनुभुति गर्ने बताउनु भयो । सरकारले लगातार गति पक्रन थालेको ठोकुवा गर्दै अवको केही समयमा थप तीब्रता पाउने बताउनु भएको छ ।

उहाँले सरकारको राम्रो काम देखेर कांग्रेस अत्तालीएको बताउँदै राजनीतिमा प्रतिपर्धा तर विकासमा भने ऐक्यवद्धता जनाउन आग्रह समेत गर्नुभयो । उहाँले विकास कुनै एउटा पार्टीको लागि नभई देश र जनतको समृद्धिको लागि भएकाले विकासमा सरकार र प्रतिपक्षि नभई एकतावद्ध भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।

दाहालले “सरकारले लगातार गति पक्रन थालेको छ । तपाईं हेर्दै जानुस् केही समयपछि अझै तीव्रता पाउँछ,” अध्यक्ष प्रचण्डले भन्नुभयो । उहाँले बर्तमान सरकारले जनताको पक्षमा नयाँ नयाँ काम गरिरहेको पनि जानकारी दिनुभयो ।

भेनेजुयलाका विषयमा आफूले जारी गरेको विज्ञप्तिमा अडिग रहेको पनि उहाँको भनाई थियो । उहाँले त्यो वक्तव्य एउटा राजनीतिक वक्तव्य भएको स्पष्ट पार्नुभयो । एउटा स्वतन्त्र, सार्वभौम सत्ता सम्पन्न राष्ट्रको राजनीतिक घटनाक्रममा बाहिर कतैबाट हस्तक्षेप नहोस् भन्ने उद्देश्यले विज्ञप्ति जारी गरेको बताउनुभयो ।

मङ्गलबार प्रधानमन्त्रीसमेतको सचिवालयको बैठक बसेर पनि हस्तक्षेपको विरोधमा नै विज्ञप्ति जारी भएकाले अब अरू कुराको अर्थ केही नलाग्ने उहाँले बताउनुभयो ।