मनोरञ्जन

फ्राइडे रिलीज अन्तर्गत आज देशभरका हलमा ‘समर लभ’



काठमाडौं, २५ माघ । फ्राइडे रिलीज अन्तर्गत आज फिल्म ‘समर लभ’ देशभर सोलो रिलिजमा आएको छ ।

मुस्कान ढकालको निर्देशनमा रहेको उक्त फिल्मको कथा सुविन भट्टराईको रहेको छ । नाइटिंगेल इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण गरिएको फिल्ममा खगेन्द्र श्रेष्ठ र इन्दु भण्डारी निर्माता रहेका छन् ।

उपन्यास समर लभमा आधारित फिल्म समर लभलाई सञ्जय लामाले छायांकन गरेका हुन् भने अर्जुन जिसीले सम्पादन गरेका छन ।