डडेल्धुरा, २६ माघ । डडेल्धुराका बिभिन्न स्थानमा चट्याङ लागेर शुक्रबार दुई जनाको मृत्यु भएको छ भने चार घाइते भएका छन् ।
मृत्यु हुनेमा भागेश्वर गाउँपालिका–५ सलेताकी २० वर्षीया सरस्वती नाथ र बझाङको दुर्गाथली गाउँपालिका–७ का ४८ वर्षीय गोगन दौल्याल रहेका छन् ।
२० वर्षीया सरस्वतीको बिहान साढे २ बजे एक्कसी चट्याङ लागेर घरमै सुतिरहेको अवस्थामा मृत्यु भएको छ भने ४८ वर्षीय गोगनको बिहान ४ बजेतिर राजपुर सामुदायिक वन उपभोक्ता समूहको भवनमा सुतिरहेका अवस्थामा चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
चट्याङ लागेर सरस्वतीका दुई बहिनी १४ वर्षीया कल्पना नाथ र १२ वर्षीया शान्ति नाथ साथै दुई भाइ १५ वर्षीय देवेन्द्र नाथ, ८ वर्षीय खगेन्द्र नाथ घाइते भएका छन् । घाइते चारैजनालाई उपक्षेत्रीय अस्पताल डडेल्धुरा ल्याउने तयारी भइरहेको प्रहरीले जानकारी दिएका छन ।










प्रतिक्रिया दिनुहोस्