सप्तरी, २६ माघ । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–२ मा गएराती चट्याङ लागेर एक जनाको मृत्यु भएको छ।
आफ्नै खेतमा काम गरिरहेको अवस्थामा ४६ वर्षीय महावीर खङ्ग खत्वेको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
त्यस्तै, शुक्रबार कृष्णसवरण गाउँपालिका–४ मा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
आफ्नै घरको विद्युत् तार काट्ने क्रममा ४५ वर्षीय किसुनदेव शर्मालाई करेन्ट लागेर घाइते भएका उनलाई राजविराजस्थित गजेन्द्रनारायण सगरमाथा अञ्चल अस्पतालमा उपचारका लागि ल्याउने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्