राजनीति

कांग्रेसद्वारा भीमदत्त नगरपालिकाको चौथो नगरसभा अवरुद्ध



कञ्चनपुर, २६ माघ । नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुले भीमदत्त नगरपालिकाको चौथो नगरसभा अवरुद्ध गरेका छन् ।

आज हुने भनेको भीमदत्त नगरपालिकाको चौथो नगर सभा ६ महिनामा हुनुपर्ने नगरसभा समयमै नभएको भन्दै कांग्रेसले अवरुद्ध गरेका हुन् ।

कांग्रेसबाट निर्वाचित ३९ जना जनप्रतिनिधिहरुले ६ महिनामा हुनुपर्ने नगरसभा ७ महिना पछि भएको र ४८ घण्टा भित्र नगरसभाको कार्यविधि दिइसक्नुपर्ने प्रावधान भए पनि कार्यविधि नदिएकाले नगरसभा अवरुद्ध गरेको जनाएका छन् ।

भीमदत्त नगरपालिका वडा नम्बर ४ कि वडा सदस्य सिता भट्टले पटक–पटक कार्यविधि पढ्न पाउनुपर्ने माग राखेको भए पनि बेवास्ता गरेकाले आफूहरुले चौथो नगरसभा अवरुद्ध गरेको बताएका छन ।