काठमाडौं, २७ माघ । बहराईनमा नेपाल तामाङ घेदुङ केन्द्राध्यक्ष मोहन गोले तामाङ तथा कलाकारबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
शुक्रबार बहराईनको राजधानी मनामा अवस्थित ब्लुमुन रेस्टुरेन्टको सभाहलमा आदिवासी अग्रज ब्यातित्व भेटघाट तथा श्रष्टा सम्मान कार्यक्रम सम्पन्न भएको हो ।
तामाङ समुदायको मौलिक पर्व सोनाम ल्होछारको अवसरमा बहराईन तामाङ सेवा समाजद्वारा आयोजित बृहत शुभकामना आदानप्रदान तथा संगीतिक कार्यक्रमलाई सम्बोधन गर्न बहराईन पुग्नु भएका केन्द्राध्यक्ष मोहन गोले तामाङ लगायत कलाकारहरु गायक विशाल काल्तान, मेन्दोमाया कलाकार तथा मोडल रुपा एस.घले तथा प्रस्तोता, कार्यक्रम संचालिका स्मारिका थिङ बिच भेटघाट तथा शुभकामना कार्यक्रम भएको थियो ।
नेपाल आदिवासी जनजाती महासंघ बहराईनद्वारा आयोजित उक्त कार्यक्रममा बहराईनमा संस्थागत महासंघ आवद्ध छ जातिय संस्था क्रमस नेपाल मगर संघ बहराईन, तमु सेवा समाज बहराईन, किराँत याक्थुङ चुम्लुङ बहराईन, बहराईन तामाङ सेवा समाज, किराँत राई यायोख्खा बहराईन तथा शेर्पा किदुग बहराईनका प्रतिनिधिद्वारा भेटघाट तथा खदा ओढाएर सम्मान प्रकट गरेका थिए ।
अध्यक्ष गोलेद्वारा जिज्ञासुहरुको सवालको जवाफ दिदै आदिवासी हरुको पहिचान र अधिकारको आन्दोलनले खेप हारे पनि मुद्दा नहारेको प्रष्ट परेका छन ।










प्रतिक्रिया दिनुहोस्