काठमाडौँ, २७ माघ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले वाग्मतीको पानी पिउनसक्ने बनाए मात्र अभियानको सार्थकता हुने बताएका छन ।
शहरी विकास मन्त्रालयको आयोजनामा शनिबार वाग्मती सरसफाइ ३००आँै हप्ताको विशेष कार्यक्रममा बोल्दै मन्त्री ज्ञवालीले पहिलेको जस्तै वाग्मतीको पानी पिउनसक्ने बनाए मात्र अभियानको सार्थकता हुने साथै वाग्मतीलाई पुरानै स्वरुपमा बनाउनुपर्ने बताएका हुन ।
मन्त्री ज्ञवालीले वाग्मती सरसफाइ अभियानमा सबैको सहयोग अपरिहार्य रहेको भन्दै उनले भने, ‘वाग्मतीको मुहानमा वर्षातको समयमा पानी सङ्कलन गरेर पानीको बहाव बढाउनुपर्दछ’, ‘जुन बहावले वाग्मतीमा भएको फोहरमैलालाई बगाएर लैजान सकोस् ।’
कार्यक्रममा मन्त्री ज्ञवालीसहित वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत, शहरी विकासमन्त्री मोहम्मद इश्तियाक राई र खानेपानी तथा सरसफाइमन्त्री बिना मगर, सामाजिक संघसंस्थाका अभियन्ता, समाजसेवी र प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
‘स्वच्छता मेरो पहिचान, सफाइ मेरो योगदान’ भन्ने महाअभियानमा क्रममा परराष्ट्रमन्त्री ज्ञवालीले वाग्मती करिडोरमा बनेका ४४० वटा सोलार बत्तीको उद्घाटन गरेका छन ।
वाग्मती सरसफाइ अभियानमा अहिलेसम्म करीब १८ हजार मेट्रिक टन फोहर उठाइसकिएकोे छ ।










प्रतिक्रिया दिनुहोस्