राजनीति

राष्ट्रपतिबाट शुभसाइतमा वसन्त श्रवण



काठमाण्डौ, २७ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज वसन्त पञ्चमीका अवसरमा बिहान ८ः२४ बजेको शुभसाइतमा वसन्त श्रवण गरेकी छन ।

हनुमानढोका दरबारस्थित नासलचोकमा आयोजित विशेष समारोहमा राष्ट्रपतिसमक्ष हनुमानढोका हेरचाह अड्डाका मूल पुरोहित देवराज अर्यालले अभिषेक, टीका, माला र फूलप्रसाद प्रदान गरेका छन ।

उक्त अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली र प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाले पनि वसन्त श्रवण गरी टीका, माला र फूलप्रसाद ग्रहण गरेका छन ।

परापूर्वकालदेखि वसन्त पञ्चमीका दिन राष्ट्राध्यक्ष एवं सरकार प्रमुखलगायत नेपाल सरकारका विशिष्ट व्यक्तिबाट वसन्त श्रवण गर्ने परम्परा छ ।