समाचार

नक्कली नोटसहित काठमाडौँबाट एक जना पक्राउ



काठमाडौँ, २७ माघ । प्रहरीले काठमाडौँको गोंगबुस्थित डेरा गरी बस्ने एक जनालाई १ हजारका नक्कली नोटसहित पक्राउ गरेको छ ।

महानगरिय प्रहरी बृत्त गोगंवुले शनिबार राति गौमती सिर्पालीको घरमा डेरा गरि बस्ने पोमबहादुर कुँवर र हिक्मत मियाँको कोठाबाट १ लाख ५२ हजार नेपाली नक्कलीनोट फेला पारेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार कुँवरलाई नियन्त्रणमा राखिएको छ भने अर्का मियाँ फरार रहेको र उनको खोजी कार्य भइरहेको छ ।