महोत्तरी, २७ माघ । महोत्तरीको बर्दिवास नगरपालिका–११ मा चट्ययाङ पर्दा घर जलेर नष्ट भएको छ ।
बर्दिवासचोकबाट करीब ३० किलोमिटरको दूरीमा चुरे पहाडी काँठमा रहेको चनौटेमा शनिबार दिउँसो परेको चट्याङले अजय डिम्डोङको घर जलेर खरानी भएको हो ।
परिवारका सबै सदस्य घर बाहिर काममा निस्किएकाले मानवीय क्षति भने नभएको जनाएको छ । उक्त घरमा रहेका अन्नपात, लत्ताकपडा र भाँडाकुँडा सबै जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्