अर्थ

आजको विदेशी मुद्राको विनिमयदर



काठमाडौँ, २८ माघ । सोमवारको विदेशी विनिमयदर निम्न अनुसार रहेको छ ।

अमेरिकी डलर १ को खरिददर ११३ रुपैयाँ ७९ पैसा र बिक्रीदर ११४ रुपैयाँ ३९ पैसा तोकेको छ । साउदी रियाल १ को खरिददर ३० रुपैयाँ ३४ पैसा र बिक्रीदर ३० रुपैयाँ ५० पैसा छ । कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ २५ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४१ पैसा तोकिएको छ ।

सोमबार यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ९८ पैसा र बिक्रीदर ३१ रुपैयाँ १५ पैसा रहेको छ । त्यसैगरी मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ९६पैसा र बिक्रीदर २८ रुपैयाँ ११ पैसा तोकिएको छ ।

सोमबार कुवेती दिनारको भाउ केही पैसाले बढेको छ भने बहराइन दिनारको भाउ केही घटेको छ । कुवेती दिनार १ को खरिददर ३ सय ७४ रुपैयाँ ८० पैसा र बिक्रीदर ३ सय ७६ रुपैयाँ ७७ पैसा रहेको छ । आइतबार खरिददर ३ सय ७४ रुपैयाँ ६७ पैसा र बिक्रीदर ३ सय ७६ रुपैयाँ ६५ पैसा थियो ।

बहराइन दिनार १ को खरिददर ३०१ रुपैयाँ ७८ पैसा तथा बिक्रीदर ३०३ रुपैयाँ ३८ पैसा तोकिएको छ । हिजो खरिददर ३०१ रुपैयाँ ८२ पैसा तथा बिक्रीदर ३०३ रुपैयाँ ४२ पैसा रहेको थियो । कोरियन वन एकसयको खरिददर १० रुपैयाँ १२ पैसा र बिक्रीदर १० रुपैयाँ १७ पैसा छ ।