अर्थ

घट्यो सुनको मूल्य



काठमाडौँ, २८ माघ । आज सोमबार सुनको मूल्य  घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ ।

आज सुन तोलामा १ सय रुपैयाँले घटेर छापावाला सुन प्रति तोला ६२ हजार रुपैयाँमा कारोबार भैरहेको छ भने तेजावी सुन ६१ ह्जार ७ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य स्थिर रह्दै प्रति तोला ७ सय ७५ रुपैयाँमा कारोबार भैरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघले छापावाला सुन प्रति १० ग्राम बराबर ५३ हजार १ सय ५५ रुपैयाँ, तेजावी सुन ५२ हजार ९ सय रुपैयाँ र चाँदीमा ६ सय ६४ रुपैयाँ ५० पैसा मूल्य कायम गरेको छ ।