Banner News

राजनीतिक अभिष्ट पूरा गर्न अपराधलाई अतिरञ्जित नगर्न गृहमन्त्रीको आग्रह



काठमाडौं, २९ माघ । गृहमन्त्री रामबहादुर थापाले राजनीतिक अभिष्ट पूरा गर्न अपराधलाई अतिरञ्जित गरिएको भन्दै त्यसो नगर्न आग्रह गरेका छन ।

नेपाल प्रहरीको तालिम केन्द्रमा मंगलबार बिहान आयोजित प्रहरी इन्स्पेक्टरहरुको दीक्षान्त समारोहमा बोल्दै उनले कमजोर कार्यसम्पादनबाट जोगिन प्रहरीले राजनीतिक दबावको बहाना बनाउन नहुने बताउदै उनले भने राजनीतिक अभिष्ट पूरा गर्न अपराधलाई अतिरञ्जित गरिएको भन्दै त्यसो नगर्न आग्रह गरेका छन  ।

गृहमन्त्री थापाले भने, ‘प्रहरीले काम गर्न नसक्दा राजनीतिक दबाव र प्रभावलाई बहाना बनाउनु हुन्न, ‘नीतिगत तहमा स्वभाविक रूपमा राजनीतिक दबाव छ । तर, अन्यमा प्रहरी नै जिम्मेवार छन् ।’

‘राजनीतिक अभिष्ट पूरा गर्न अपराधलाई अतिरञ्जित गरेर प्रस्तुत गर्ने गरिएको छ’, उनले भने, ‘यस्तोमा निर्दोष फस्न सक्ने भएकाले सचेत हुन जरुरी छ ।’