काठमाडौं, २९ माघ । इटहरीमा लिभिङ टुगेदरमा रहेकी युवतीको आफ्नु प्रेमीबाटै हत्या भएको छ ।
९ महिनादेखि उनिहरु इटहरी उपमहानगरपालिका–४ माङहिङमा डेरामा बस्दै आएका सोलुखुम्बुका लालबहादुर राईले खोटाङकी सोनिया राईलाई सोमबार साँझ ६ बजे हत्या गरेको खुलेको छ ।
३६ वर्षका लालबहादुरलाई पक्राउ प्रहरीले गरेको र उनले सोनियाको हत्या गरेको स्वीकार गरिसकेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
उनीहरुबीच लेनदेनको बेला बेलामा विवाद हुने गरेको थियो । विवादकै क्रममाँ सोमबार मदिरा सेवन गरेका लालबहादुरले सोनियाको डेरामै छुराले हानेर हत्या गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार विवाहित सोनियासँग लालबहादुर विदेशमा हुँदादेखि नै प्रेममा थिए । लालबहादुर विदेशबाट फर्केपछि सोनियासँग इटहरीमा लिभिङ टुगेदरमा बस्न थालेका थिए । सोनियाका श्रीमान वैदेशिक रोजगारीका क्रममा दक्षिण कोरियामा रहेका छन् ।










प्रतिक्रिया दिनुहोस्