डोटी, २९ माघ । डोटीको शिखर नगरपालिकाले सञ्चालन गरेको नगरबसमा निशुल्क यात्रा गर्न पाउने भएको छ ।
उक्त नगरपालिकाले अपांगता भएका व्यक्ति, असहाय र जेष्ठ नागरीक र पत्रकारका लागी निशुल्क यात्रा गर्न ब्यबस्था मिलाएको हो।
नगरपालिकाका नागरिकको सहुलियतका लागि बस सञ्चालन गरेकाले उक्त सुविधा दिने निर्णय गरेको जनाएको छ । त्यसका लागि सबैले आफूले पाएको परिचय पत्र देखाउनु पर्नेछ ।
शिखर नगरपालिकाले केही महिना अघि मात्रै २ वटा नगरबस सञ्चालनमा ल्याएको छ ।










प्रतिक्रिया दिनुहोस्