Banner News

देशको स्वाधिनता र स्वतन्त्रतालाई गुम्न दिंदैनौं : मन्त्री पोखरेल



नवलपुर, १ फागुन । उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेलले विदेशी अतिक्रमणकारीका सामु नचुक्ने बताउँदै देशको स्वाधिनता र स्वतन्त्रतालाई कुनै पनि हालतमा गुम्न नदिने उद्घोष गर्नुभएको छ ।

राष्ट्रिय सेवा दलद्धारा संचालित १४ व्याच सिनियर डिभिजन चौथो चरणको दीक्षान्त कवाजको समारोहलाइ उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सामाजिक सद्भावलाई कायम राखि राष्ट्रिय एकतालाई मजबुत बनाउनु पर्नेमा जोड दिनुभएको छ । उहाँले नेपाल कुनै एउटा जातीको देश नभई बहुजाती, बहुभाषी, बहुधार्मिक तथा बहुसंस्कृति भएको बताउँदै सामाजिक एकता नै अहिलेको अपरिहार्यता भएको बताउनुभयो ।

विश्वमा नेपाल गौरवशाली इतिहास भएको देश भएको बताउँदै उहाँले सामाजिक सद्भाव खल्वल्याउन खोज्ने तत्वहरु क्रियाशिल रहेको भन्दै सद्भाव कायम राख्ने आम देशभक्त नेपालीको काँधमा रहेको बताउनुभयो । उहाँले समृद्धीको आधार भनेकै हाम्रा सांस्कृतिक विविधताको संरक्षण गर्नु भएको बताउनुभयो ।

सामाजिक सद्भावको विकास अहिलेको अपरिहार्यता भएको बताउँदै राष्ट्र र राष्ट्रियताको जगेर्ना गर्दै समृद्ध नेपाल सुखी नेपाली निर्माण गर्नु वर्तमान सरकारको मूख्य जिम्मेवारी भएको बताउनुभयो ।

राष्ट्रिय सेवा दलले विद्यार्थीहरुलाई राष्ट्रिय एकता कायम गर्न, सामाजिक सदभाव कायम गर्न, असल नागरिक वनाउन, स्वाभिमानी वनाउन, युवाहरुमा राष्ट्रियताको भावना जागुरुक बनाउन, देशको माया प्रति ओतप्रोत गर्न महत्वपूर्ण भूमिका खेलेको उहाँले वताउनुभयो । उहाँले तालिम मात्र होइन सामाजि सद्भावलाई अघि बढाउन महत्वपूर्ण थलोको रुपमा रहेको बताउनुभयो ।

कार्यक्रममा उहाँले क्याडेटहरुबाट सलामी ग्रहण, उनीहरुलार्इ दज्र्यानी चिन्ह, शिल्ड तथा पुस्कार र विद्यालयहरुलाई प्रशंसापत्र वितरण गर्नुभएकोछ ।