राजनीति

नेविसंघको कार्यसमिति भंग : सबै मनोनयन बदर



काठमाडौँ, १ फागुन । नेपाली कांग्रेसले आफ्नो विद्यार्थी संगठन नेविसंघको कार्यसमिति भंग गरेसँगै सबै मनोनयन समेत बदर भएको छ ।

कांग्रेस केन्द्रीय कार्यसमितिको मंगलबार बसेको बैठकले नैनसिंह महर नेतृत्वको कार्यसमितिको कार्यकाल थप नगर्ने निर्णय गरेको हो । यससँगै नेविसंघ सभापति, पदाधिकारी र सदस्यबाट भएका सबै मनोनयन बदर भएको छ ।

समयमै अधिवेशन गर्न नसकेको नेविसंघ अन्तत विघटन हुन पुगेको हो । यसअघि नेविसंघका अध्यक्ष नैनसिंह महरले सोमबार राजीनमा गरेका थिए भने केही समय अघि ७ जना पदाधिकारीले राजीनामा दिएका थिए ।