समाचार

उपप्रधानमन्त्री उपेन्द्र यादवकी बुहारीको निधन



काठमाण्डौ, १ माघ । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवकी बुहारीको उपचारका क्रममा निधन भएको छ ।

मंगलबार भक्तपुर क्यान्सर अस्पतालमा उपचाररत यादवकी बुहारी मनिषाको निधन भएको पारीवारिक स्रोतले जनाएको छ  । ६ दिनअघि रोगले च्यापेपछि मनिषालाई भक्तपुरस्थित क्यान्सर अस्पतालमा भर्ना गरिएको थियो ।

दिल्लीस्थित एम्स अस्पतालमा डेढ वर्षसम्म उपचार गराउँदा पनि ठिक नभएपछि मनिषालाई आठ महिना अघि नेपाल ल्याइएको थियो ।

मन्त्री यादवका छोरा अमरेन्द्र यादव र मनिषाको २०७२ वैशाख २९ गते विवाह भएको थियो ।