समाचार

अध्यक्ष नेम्बाङको शोकमा सार्वजनिक बिदा



पाँचथर, १ फागुन । पाँचथर फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष अमरकुमार नेम्बाङको शोकमा बुधबार सार्वजिनिक बिदा दिइएको छ ।

जिल्लाका सबै स्थानीय तहमा अध्यक्ष नेम्बाङको शोकमा एक दिन बिदा दिने निर्णय उक्त गाउँपालिकाले गरेको हो ।

नेपाली कांग्रेसको तर्फबाट अध्यक्ष रहेका नेम्बाङको गएको शनिबार गाउँपालिकाको ५ नम्बर वडाले आयोजना गरेको कार्यक्रममा मन्तव्य राख्ने क्रममा बेहोस भएका थिए । बेहोस भपछि उपचारको लागि  इलाम अस्पताल पुर्‍याइएको थियो । नेम्बाङकोअस्पातलमै निधन भएको थियो ।