सिन्धुली, १ फागुन । बीपी राजमार्गअन्तर्गत सिन्धुलीमा टाटासुमोले कलेज हिँडेका २ छात्रालाई ठक्कर दिदा घाइते भएको छ ।
बुधबार बिहान सिन्धुली बहुमुखी क्याम्पस जाँदै गरेकी रोजिना कार्की र मनिता थापालाई कमलामाई नगरपालिका–४, ढुङ्ग्रेबासमा सुमोले ठक्कर दिँदा उनिहरु घाइते भएका हुन ।
ठक्करबाट रोजिना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । उनलाई उपचारका लागि काठमाडौं पठाइएको छ भने मनिताको सिन्धुली अस्पतालमा उपचार भइरहेको छ ।
ठक्कर दिएर फरार रहेको बा३च ६७५१ नंको सुमोलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । विद्यार्थीले दोषीलाई कारबही, विद्यार्थीको उपचारको माग गर्दै सडकमा उत्रिएर राजमार्ग अबरुद्ध पारेका छन् ।










प्रतिक्रिया दिनुहोस्