समाचार

१८ किलो सुनसहित २ जना पक्राउ



धनगढी, २ फागुन । धनगढी कञ्चनपुरको पुनर्बासबाट १८ किलो सुनसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

भारतीय सीमावर्ती क्षेत्र कञ्चनपुरको पुनर्बासबाट जिल्ला प्रहरी कार्यालय कैलाली र कञ्चनपुरको टोलीसँगै अपराध महाशाखा र केन्द्रीय अनुसन्धान व्यूरो सीआईबीको टोलीले सुनसहित दुई जनालाई पनि नियन्त्रणमा लिएको छ ।

उनीहरुको नाम भने खुलाएको छैन । सुन र पक्राउ परेका व्यक्तिलाई कैलालीको जिल्ला प्रहरी कार्यालयमा लागिएको प्रहरीले जनाएको छ ।