काठमाडौं, ३ फागुन । आज फागुन ३ गते शुक्रवार सरकारले सार्वजनिक बिदा दिने घोषणा गरेको छ ।
प्रदेश स्थापना दिवसको अवसरमा ५ नम्बर प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
प्रदेश सरकारको माघ १४ गते बसेको मन्त्रिपरिषद् बैठकले बिदा दिने निर्णय गरेको प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जारी गरेको सूचनामा जनाइएको छ ।











प्रतिक्रिया दिनुहोस्