समाचार

सवारी दुर्घटना हुदा एक जनाको मृत्यु



काठमाडौं, ३ फागुन । सर्लाहीमा बिहीबार सवारी दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ ।

ईश्वरपुर नगरपालिका— १२ बाँके जंगलमा काकडभिट्टाबाट काठमाण्डौ आउँदै गरेको ना. ४ ख. ६७ ३० नम्बरको बसले बिरगञ्जबाट जनकपुर तर्फ जादै गरेको बा. ३ ख. ९४ ६६ नम्बरको बसलाई ठक्कर दिदा ६७ ३० नम्बरको बस अनियत्रित भई बा. ३० प. २४ १९ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा दुर्घटना भएको हो ।

मृत्यु हुनेमा मोटरसाईकल चालक मकवानपुर हेटौडा उपमहानगरपालिका—९ का ४० बर्षिय बैकुण्ठमणी धिताल रहेको प्रहरीले जनाएको छ

दुर्घटनामा संलग्न दुबै बस सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।