डोटी, ३ फागुन । डोटीमा साइबर क्राइम गरेको आरोपमा एक किशोरी पक्राउ परेकी छन् ।
फेसबुकमा साथीको फोटो राखी फेक आईडी बनाइ पुरुषहरुसँग अश्लिल कुरा गर्ने एक किशोरीलाई प्रहरीले पक्राउ गरेको हो ।
आफ्नो फोटो प्रयोग गरेर नक्कली आइडी बनाइ अश्लिल संदेश पठाएको भन्दै पीडित छात्राले नेपाल प्रहरीको अपराध महाशाखा काठमाडौंमा मुद्धा दायर गरेकी थिइन् ।
उक्त निबेदनका आधारमा आरोपित किशोरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । आरोपीलाई अपराध महाशाखा काठमाडौं पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ ।










प्रतिक्रिया दिनुहोस्