काठमाण्डाै, ३ फागुन । क्वीन्स इभेन्ट्स म्यानेजमेन्टको आयोजनामा नेपालमा पहिलो पटक महिला क्रिकेट लिग हुने भएको छ ।
चैत्रको २२ देखि ३० गतेसम्म हुने प्रतियोगितामा ५ वटा टिमको सहभागिता हुने म्यानेजमेन्टका प्रबन्ध निर्देशक छुम्बी लामाले बताएका छन ।
नेपाली क्रिकेटको विकासमा सहयोग पुगोस भनेर क्रिकेट प्रतियागिता गर्न लागेको बताएकाे छ । साथै प्रतियोगितामा विदेशी खेलाडी सहभागी हुने छैनन् ।
आईसीसीबाट स्वीकृति लिन २० लाख रुपैयाँ तिर्दा कठिन हुने भएकाले विदेशी खेलाडी नखेलाउने निर्णय गरेकाे लामाले बताए ।










प्रतिक्रिया दिनुहोस्