समाचार

पश्चिमी वायु सक्रिय : देशका अधिकाशं भागमा बदली र वर्षा हुने



काठमाडौँ, ३ फागुन । उपत्यकासहित देशभरीकै मौसम अहिले बदली भएसँगै देशका अधिकाशं भागमा बदली तथा वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विभागले जनाएको छ ।

पश्चिमी वायुको प्रभावले शनिबारसम्म बद्ली र वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बिहीबारदेखि सक्रिय यो प्रणाली आउँदो आइतबारदेखि मात्रै कमजोर हुने देखिएको छ । यसकै प्रभावले शुक्रबार देशभरी कै मौसम खुल्ने सम्भावना छैन । केही ठाउँमा मौसम खुलेपनि एकैछिनमा बदली हुनेछ । शुक्रबार देशका धेरै ठाउँमा पानी पर्नेछ ।

यस्तै, उच्च हिमाली तथा पहाडी भेगमा हिमपात पनि हुने उहाँको अनुमान छ । तर गएको शुक्रबार र शनिबारको जस्तो ठूलो वर्षा र भारी हिमपातको संभावना भने नरहेको जनाईएको छ ।