डोटी, ३ फागुन । सरकारले सुदूरपश्चिम प्रदेशका १२ स्थानीय तहको नाम र केन्द्र परिवर्तन गरेको छ ।
सुदूरपश्चिमका बाजुरा, बैतडी, दार्चुला, डोटी, बझाङ र डडेल्धुराका स्थानीय तहका नाम र केन्द्र परिवर्तन गरिएका हुन् ।
१. बाजुराको हिमाली गाउँपालिकाको केन्द्र धुलाचौर,
२. पाण्डवगुफा गाँउपालिकाको नाम जगन्नाथ र केन्द्र जुड्डि बाजुरा,
३. स्वामीकार्तिक गाँउपालिकाको नाम स्वामीकार्तिक खापर,
४. केन्द्र वाई, छेदेदह गाउँपालिकाको नाम खप्तड छेदेदह गाउँपालिका,
5. बझाङको काँडा गाँउपालिकाको नाम साइपाल,
6. डोटीको वोगटान गाँउपालिकाको नाम वोगटान–फुड्सिल,
७. सायल गाँउपालिकाको केन्द्र ओमनगर,
८. डडेल्धुराको नवदूर्गा गाँउपालिकाको केन्द्र सल्ला–बान्चौर,
९. बैतडीको सिगास गाउँपालिकाको केन्द्र गर्जे,
१०. धुलिगडा केन्द्र रहेको दार्चुलाको नौगाड गाउँपालिकाको केन्द्र होपरीगडा,
११. लेकम गाँउपालिकाको केन्द्र रातामाटा,
१२. संघीय सरकारले ९८ वटा स्थानीय तहको नाम र केन्द्र परिवर्तन गरेको छ ।










प्रतिक्रिया दिनुहोस्