समाचार

दुई बस ठोक्किदा ४५ यात्रु घाइते



दाङ, ४ फागुन । दाङमा दुई बस एकआपसमा ठोकिदा ४५ जना घाइते भएका छन् ।

दंगीशरण गाउँपालिका वडा नं ७ श्रीगाउँको बोगटीमा पश्चिम जाँदै गरेको रा१ख १७७० नम्बरको बस र खैरेनीबाट तुलसीपुर आउँदै गरेको ना८ख १०१७ नम्बरको बस ठोक्किदा दुर्घटना भएको हो ।

बसहरु ठोक्किदा ४५ जना यात्रु घाइते भएका भने तीन जनाको अवस्था गम्भी रहेको प्रहरीले जनाएको छ । घाइतेहरुको राप्ती प्रादेशीक अस्पताल तुलसीपुरमा उपचार भईरहेको छ ।