समाचार

काठमाडौं विश्वका घुम्नलायक शहरको पाचौं स्थानमा



काठमाडौं, ५ फागुन । लोन्ली प्लानेटले निकालेको विश्वका घुम्नलायक उत्कृष्ट १० शहरहरुको सूचीमा काठमाडौं पुनः पाँचौ स्थानमा परेको छ ।

१० उत्कृष्ट शहरहरुको सूचीमा काठमाडौंले मेक्सिको सिटी, सेनेगल, अमेरिकाको सिटल, क्रोएसिया र मोरक्कोलाई अहिले पनि पछि पारेको छ ।

पहिलो नम्बरमा डेनमार्कको राजधानी कोपनहेगन,दोस्रोमा चीनको सेनजेन, तेस्रोमा सर्वियाको नोभिसाद र चौथोमा अमेरिकाको मियामी परेको छ ।