एजेन्सी, ५ फागुन । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले निर्वाचनको मिति घोषणा गरेका छन् ।
संसद्ले बजेट प्रस्ताव अस्वीकृत गरेपछि सान्चेजले आगामी २८ अप्रिलका लागि निर्वाचन घोषणा गरेका हुन् ।
संसद्बाट बजेट पारित नभएपछि प्रधानमन्त्री सान्चेजले नयाँ निर्वाचनको मिति घोषणा गरेका अधिकारीहरूले जनाएका छन् । स्पेनमा पछिल्लो चार वर्षको अवधिमा अहिले तेस्रोपटक निर्वाचनको मिति घोषणा भएको हो ।
४६ वर्षीय सान्चेज ८ महिनाअघि मात्रै प्रधानमन्त्रीमा निर्वाचित भएका थिए । तत्कालीन प्रधानमन्त्री मारियानो राखोएविरुद्ध अविश्वासको प्रस्ताव पारित भएपछि सान्चोज प्रधानमन्त्री बनेका थिए ।
प्रतिक्रिया दिनुहोस्