बागलुङ, ६ फागुन । पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले नेपाललाई २५ वर्षमा विश्वकै धनी देशका रुपमा नेपालाई चिनाउने नयाँ शक्ति पार्टीको लक्ष्य रहेको बताउनुभएको छ ।
नयाँ शक्ति नेपालले शुरु गरेको ‘असल राजनीति र समावेशी विकासका लागि जनसंवाद यात्रा’ अभियानअन्तर्गत आइतबार बागलुङको गलकोट पुग्नुभएका डा भट्टराइले अबको पाँच वर्षमा गरीबी अन्त्य गर्ने, १५ वर्षमा मध्यमस्तरमा पुग्ने र २५ वर्षमा विश्वकै धनी देशका रुपमा नेपालाई चिनाउने नयाँ शक्ति पार्टीको लक्ष्य रहेको बताउनुभयो ।
विकास र समृद्धि नयाँ शक्ति पार्टीको प्रमुख एजेण्डा भएको बताउनुभयो । उहाँले स्रोत र साधनले भरिएको मुलुकमा नयाँ योजनाका साथ अगाडि बढेमा समृद्धि टाढा नभएको बताउनुभयो । डा. भट्टराईले सरकारले भ्रष्टाचार निर्मूल पार्नुको साटो भ्रष्टचारीलाई प्रश्रय दिने खालको गतिविधि गरेको आरोप लगाउनुभयो । आगामी फागुन १५ गते बैतडीको झुलाघाट पुगेर सम्पन्न हुने सो यात्राका क्रममा सबै ठाउँमा भइरहेको कामको निरीक्षण गरिने डा. भट्टराईले बताउनुभयो ।










प्रतिक्रिया दिनुहोस्