सप्तरी, ६ फागुन । राजविराजको मालपोत कार्यालयबाट घुससहित दुईजना कर्मचारीलाई अख्तियारले पक्राउ गरेको छ ।
आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीसँग घुस लिएको भन्दै नायवसुब्बा रामनारायण शर्मा र कम्प्युटर अपरेटर राजेश साहलाई पक्राउ गरेको हो ।
कम्प्युटर अपरेटर साहले ३ हजार रकम लिइरहेकै अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, इटहरीको टोलीले पक्राउ गरेको हो ।साथै साहलाई उक्त रकम लिन नायवसुब्बा शर्माले आदेश दिएको बताएपछि शर्मालाई पनि पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।
शर्माले जग्गा सम्बन्धी विवाद मिलाइदिने भन्दै एक सेवाग्राहीसँग कम्प्युटर अपरेटर साहमार्फत् रकम लिन लगाएको अख्तियारले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्