बझाङ, ६ फागुन । बझाङमा जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् ।
गएराती काप्रिकोटमा चैनपुरबाट धामिखेलका लागि छुटेको से १ ज ८९० नम्बरको जीप दुर्घटना हुँदा जयपृथ्वी नगरपालिका–११ की १२ वर्षीया समु जोशी र ४८ वर्षका धौले जोशीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घाइतेको बझाङकै स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । उक्त दुर्घटना के कारणले भयो भनेर अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्