काठमाडौँ, ६ फागुन । गएको बिहीबार भित्रिएको पश्चिमी वायु आइतबारदेखि बाहिरिएसगै फेरि सोमबार भित्रिएको पश्चिमी वायुको प्रभावले पश्चिम, पूर्व र मध्य भूभागमा मेघगर्जनसहित वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार पश्चिमी वायुको प्रभावका कारण पानी पर्ने सम्भावना देखिए पनि काठमाण्डौ उपत्यकामा भने सोमबार घाम लाग्ने जनाएको छ ।
मंगलबार र बुधबार पनि देशका केही ठाउँमा मौसम बद्ली भइ पानी पर्ने सम्भावना रहेको छ । नेपालमा हिउँदे वर्षा गराउने पश्चिमी वायू भूमध्य सागरदेखि आउँछ । यसैको प्रभावले उच्च क्षेत्रमा हिमपात र पहाडी क्षेत्रमा वर्षा हुने गर्छ ।










प्रतिक्रिया दिनुहोस्