राजनीति

प्रदेश १ ले ३ दिन प्रजातन्त्र दिवस मनाउने



विराटनगर, ६ फागुन  । प्रदेश १ सरकारले तीन दिन प्रजातन्त्र दिवस मनाउने भएको छ ।

राणा शासनविरुद्धको संघर्ष सफल भएको सम्झनामा फागुन ७ लाई प्रजातन्त्र दिवसका रुपमा मनाउने क्रममाँ प्रदेश सरकारले सोमबार मंगलबार र बुधवार उक्त दिवस मनाउने निर्णय गरेको हो ।

प्रजातन्त्र दिवस मनाउका लागि मुख्यमन्त्री शेरधन राईको संयोजकत्वमा ५०१ सदस्यीय मूल समारोह समिति पनि गठन भएको छ । समितिको निर्णयको आधारमा सामाजिक विकास मन्त्रालयको समन्वयमा ६ गते विद्यालयहरुमा वक्तृत्वकला, हाजिरीजवाफ र निबन्ध प्रतियोगिता गर्ने निर्णय प्रदेश सरकारले गरेको छ ।