राजनीति

चुनाव भए नयाँ नेतृत्व आउँछ, नभए भिसीले विदा पाउँछ : विद्यार्थी संगठन



काठमाडौँ, ६ फागुन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का विद्यार्थी संगठन अनेरास्वविय र अनेरास्ववियु (क्रान्तिकारी)ले स्वविय चुनाव भए नयाँ नेतृत्व आउने तथा चुनाव नगराए त्रिभुवन विश्व विद्यालयका उपकुलपति तथा पदाधिकारीले विदा पाउने चेतावनी दिएका छन् ।

आज विद्यार्थी संगठनले तत्काल स्वविय चुनावको तालिका सार्वजनक गर्न माग गर्दै भिसि कार्यालय घेराउको कार्यक्रम राखेका छन् । विद्यार्थी संगडनले तत्काल कार्यतालिका सार्वजनिक गर्न माग गरेका हुन ।

विद्यार्थीको मागलाई वेवस्था गर्दै त्रिवि पदाधिकारीले भने तालिका सार्वजनिक गर्न आनकानी गरिरहेका वेला विद्यार्थी संगठनले त्रिवि माथि दवापमूलक कार्यहरु तथा विभिन्न प्रकारका विरोध प्रदर्शन गरिहेको अनेरास्ववियका प्रवक्ता आरसी लामिछानेले बताउनुएको छ ।

विद्यार्थी संगठनले विद्यार्थीको भाग्य र भविष्यसँग खेलवाड नगर्न त्रिविलाई चेतावनी दिइरहेका मात्र छैनन् की विद्यार्थी संगठनले चरणबद्ध आन्दोलन समेत घोषणा गरी अघि बढिरहेका छन् ।

फागुन १४ गते स्ववियुको चुनाव गराउन मिति सार्वजनिक भए पनि त्रिवि प्रशासनले भने कार्यतालिका सार्वजनिक गरेको छैन ।