राजनीति

कार्यदलका सदस्यहरुसँगै छलफल गर्ने नेकपाको निर्णय



काठमाडौं, ६ फागुन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सदस्यहरुसँग छलफल गर्ने भएको छ ।

सोमबार बिहान सचिवालयमा बसेको बैठकमा संयोजक रामबहादुर थापा बादलले प्रतिवेदन पेश गरेका थिए, जसमा थप कामका लागि निर्देशन माग गरिएको छ ।

बैठकले कार्यदलको मुल स्परिटबारे कार्यदल सदस्यहरुसँग कुरा गर्ने निर्णय गरेको छ । फागुन ९ गतेको बैठकमा कार्यदल सदस्यहरुलाई बोलाइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन ।