काठमाडौँ, ७ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले दशकौँदेखिको विकास र समृद्धिको नेपाली चाहना अब पूरा हुने विन्दुमा आइपुगेको बताउनुभएको छ ।
उनन्सत्तरीऔँ प्रजातन्त्र दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै उहाँले मुलुक समृद्धिमा बढेको र जनताको चाहना अनुसार देश विकास र समृद्धिको बाटोमा अघि बढेको बताउनुभयो । सरकारले यो वर्षलाई आधार बर्षको रुपमा परिणत गरेको उल्लेख गर्दै आगामी बर्षमा नेपालीको चाहना अनुसार सामाजिक रुपमान्तरण सहित आर्थिक विकास हुने उहाँको सन्देशमा उल्लेख गर्नुभएको छ ।
वर्तमान सरकार ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्यका साथ आर्थिक एवं सामाजिक रुपान्तरणका लागि केन्द्रित भएको उहाँको शुभकामना सन्देशमा उल्लेख गरिएको छ । “निरङ्कुशतन्त्र र अधिनायकवादलाई परास्त गर्ने हामी अब गरीबी, बेरोजगारी, पछ्यौटेपन, विभेद र अविकाशका विरुद्ध केन्द्रित भएका छौँ”, प्रधानमन्त्री ओलीले सन्देशमा भन्नुभएको छ, “हामी आर्थिक विकास र सामाजिक न्यायसहितको परिपूर्ण लोकतन्त्रको दिशामा अग्रसर छौँ ।”










प्रतिक्रिया दिनुहोस्