काठमाण्डौ, ७ फागुन । आज मंगलबार नेपाल राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको बिनिमय दर यस प्रकार रहेको छ ।
आज अमेरिकी डलर १ को खरिददर ११३ रुपैयाँ ८५ पैसा र बिक्रीदर ११४ रुपैयाँ ४५ पैसा तोकेको छ भने साउदी रियाल १ को खरिददर ३० रुपैयाँ ३६ पैसा र बिक्रीदर ३० रुपैयाँ ५२ पैसा रहेको छ ।
त्यस्तै कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ २७ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४३ पैसा तोकिएको छ भने यूएई दिर्हाम १ को खरिददर ३१ रुपैयाँ र बिक्रीदर ३१ रुपैयाँ १६ पैसा रहेको छ ।
मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ८७ पैसा र बिक्रीदर २८ रुपैयाँ ०१ पैसा छ । यस्तै मंगलबार कुवेती दिनार १ को खरिददर ३७४ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३७६ रुपैयाँ ८० पैसा तोकिएको छ ।
यसैगरी बहराइन दिनार १ को खरिददर ३०१ रुपैयाँ ९९ पैसा र बिक्रीदर ३०३ रुपैयाँ ५९ पैसा रहेको छ भने कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ११ पैसा र बिक्रीदर १० रुपैयाँ १७ पैसा तोकिएको छ ।










प्रतिक्रिया दिनुहोस्