रुकुमपश्चिम, ८ फागुन । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिकाप्रसाद यादवले कांग्रेसले बनाएको भ्रष्टाचारको जालोलाई तोड्दा सरकारको लोकप्रियता देखेर प्रमुख प्रतिपक्षमा रहेको कांग्रेस आत्तिएको बताउनुभएको छ ।
रुकुमपश्चिमको चौरजहारीमाभएको प्रथम चौरजहारी बृहत महोत्सवलाई सम्बोधन गर्दै मन्त्रीयादवले मुलुकलाई समृद्धिको बाटोमाअगाडि बढाउन भ्रष्टाचार रोक्नैपर्ने बताउँदै भ्रष्टाचार विकासको बाधक भएकोले सरकार यसतर्फ सचेत भएको बताउनुभयो ।
उहाँले सरकार जनताको जनादेश विपरीत गएर कहिले पनि काम गर्न नसक्ने दावी गर्दै ठूलो योगदानबाट नेपालमा संघीयता आएकाले यसलाई कार्यान्वयनगर्नको लागि सबैको भूमिका रहने बताउनुभयो ।
उहाँले संविधानअनुसार तीनै तहको अधिकार सुनिश्चितहुने समेत बताउनुहुँदै मन्त्री यादवले सरकारले आवश्यक नयाँ ऐन कानुन निर्माण तथा पुरालाई संशोधन गर्ने कामलाई तीव्रता दिएको जानकारी गारउनुभयो ।
मन्त्री यादवले विदेशबाट सीप सकेर आएका युवाहरुलाई व्यवसाय सञ्चालनको लागि सहुलियत ऋणको व्यवस्था भएकाले गाउँमै उत्पादनमा जोड दिएर आर्थिक आम्दानीमा लाग्न आग्रह गर्नुभयो । उहाँले गाउँका कृषिवस्तुको उत्पादनको बजारीकरण सरकारले गर्नेसमेत जनाउनुभयो ।










प्रतिक्रिया दिनुहोस्