धनगढी, ८ फागुन । धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटमा आज सिवाईसी अत्तरिया र काठमाडौं गोल्डेन्सबीच प्रतिस्पर्धा हुँदैछ ।
फाप्ला क्रिकेट मैदानमा दिपेन्द्र सिंह ऐरीको कप्तानीमा रहेको अत्तरिया र ज्ञानेन्द्र मल्लको काठमाडौंबीचको हुने खेल अपरान्ह १२ः३० मा हुनेछ ।
शीर्ष स्थानमा रहदै क्वालिफायर्स पुगेको अत्तरिया र दोस्रो स्थानमा रहेर क्वालिफायर्स पुगेको काठमाडौंबीचको विजेताले शनिबार हुने फाइनलमा स्थान बनाउनेछन् । ।
बिहिबार हुने इलिमिनेटरमा तेस्रो भएको रुपन्देही च्यालेन्जर्स र चौंथो महेन्द्रनगर युनाईटेडबीच प्रतिस्पर्धा हुनेछ ।










प्रतिक्रिया दिनुहोस्