सिमरा, ८ फागुन । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई एक सय ५१ किलोको मालाले स्वागत गरिएको छ ।
सभापति देउवालाई बुधबार जितपुरसिमरा उपमहानगरपालिकाका कांग्रेस नगर सभापति श्यामबाबु गुप्ताले १ सय ५१ किलोको माला लगाइदिएका हुन् ।
कांग्रेसका नेता एवं पूर्वसांसद अनिल रुंगटाको लगानीमा वीरगञ्जमा खुलेको होटल दियालोको उद्घाटन गर्न सिमरा विमानस्थल पुगेका सभापति देउवालाई आयोजित कार्यक्रममा मालाले स्वागत गरिएको थियो ।
त्यहाँ देउवाले पत्रकारहरुसँग भने कुरा नगरी हात मात्र हल्लाएका थिए । ‘तपाईहरु त बुझने मान्छे, बुझिदिनुस्, उहाँले अहिले बोल्नुहुन्न, पर्सि फकिँदा बोल्नुहुन्छ,’ कांग्रेस केन्द्रीय सदस्य फरमुल्लाह मन्सुरले भने ।










प्रतिक्रिया दिनुहोस्